जनार्दन शर्माले बैठकको माइन्युटमा सही गर्छु भन्नुभएको छ : अग्नि सापकोटा

 संवाददाता    २०८२, २१ श्रावण मंगलवार १०:५२     242 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेता जनार्दन शर्माले स्थायी समिति बैठकको माइन्युटमा हस्ताक्षर गर्ने बताएको जनाएका छन् । यद्यपि बैठकमै भने उनले हस्ताक्षर नगरेको सापकोटाको भनाइ छ ।

चार दिनसम्म बसेको माओवादीको स्थायी कमिटी बैठकपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले जनार्दन शर्माको विषयमा धेरै खुला र स्पष्ट छलफल भएको बताए ।

‘असाध्यै कमरेड्ली भावनाका साथ छलफल चल्यो । उहाँले माइन्युटमा सही गर्छु भन्नुभएको छ’, सापकोटाले भने, ‘बैठकमा स्थायी कमिटी र अध्यक्षले भनेका कुरामा अलिकति महसुस गर्नुभएको छ । साउन ६ गते जुन अभिव्यक्ति दिनुभएको थियो, त्यसमा आत्मालोचना त गर्नुभएको छैन । तर छलफल गर्दै जाने कुरा भएको छ ।’

नेता सापकोटाले माओवादीबारे बजारमा पार्टी फुट्छ भनेर चर्चा चलेपनि ती सबै चर्चालाई खारेज भएको बताए । साथै उनले अव पार्टी एकताबद्ध भएर जाने कुरामा बैठक सफल भएको छ त्यो गर्वको कुरा भएको बताए ।