सम्पूर्ण सांसदहरू रास्वपा र राप्रपाको भ्रमविरुद्ध उत्रिन नपरोस् : प्रमुख सचेतक घिमिरे

 संवाददाता    २०८२, २० श्रावण सोमबार १४:५७     283 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोयवल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले गरिरहेको यो कार्य बन्द गरिनुपर्ने बताएका हुन् ।

घिमिरेले उनीहरूको यो कदम बन्द नभए सम्पूर्ण सांसदहरू उनीहरूको क्रियाकलापविरुद्ध उत्रिन पर्ने हुनसक्ने चेतावनी दिए । यसबारे ध्यान पुर्‍याउन पनि सभामुख देवराज घिमिरेलाई उनले आग्रह गरे । ‘रास्वपा र राप्रपाले गोयवल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम बन्द गर्नुपर्छ । बन्द नगरिए संसद्को गरिमा रहने छैन,’ घिमिरेले भने– ‘सम्पूर्ण सांसदहरू यसविरुद्ध उत्रिन पर्ने अवस्था आउन सक्छ, यसबारे ध्यान दिनुहोला ।’

उनले भिजिट भिसा भनेको के मानव तस्करी हो भन्दै प्रश्न समेत गरे । रास्वपा र राप्रपाले यही विषय उठाएर ७० दिनदेखि आफ्नो कुरा राख्ने र संसद् बहिस्कार गर्दै हिँड्ने कार्यको विरोध गर्दै घिमिरेले यस्तो बताएका हुन् । उनले भिजिट भिसामा विदेश पुगेर नफर्केको कुनै सांसद नरहेको पनि बताए ।