प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माताले रोहित अधिकारीले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रवर्धन अभियान सुरु भएको जनाएका छन् ।
पोस्टरमा शीर्ष कलाकार केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, श्यामाश्री शेर्पा फिचर्ड छन् । ग्रामिण परिवेशमा छायांकन गरिएको फिल्मलाई पोस्टरमार्फत ग्रामीण र परम्परागत लुक्स दिन खोजिएको छ ।
मिलन तामाङको निर्देशनमा बनेको फिल्मलाई म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा छायांकन गरिएको हो ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा फिल्म निर्माण भएको हो ।
कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । फिल्म दशैंको फूलपातिमा असोज १३ गतेदेखि प्रदर्शन तयारी छ ।