सुनचाँदीको भाउ घट्यो

 संवाददाता    २०८२, १७ श्रावण शुक्रबार ११:५५     1225 जनाले पढ़िसके



Spread the love

शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ । दुई दिनमा सुनको भाउ १३ सय रुपैयाँ घटेको छ । मंगलबार १ लाख ९४ हजार ४ सयमा कारोबार भएको सुन हिजो बुधबार १ लाख ९३ हजार ६ सयमा झरेको थियो ।

 

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २२७० रुपैयाँ रहेको चाँदी यस दिन २२३५ रुपैयाँमा झरेको छ । यसअघि मंगलबार २३१० रुपैयाँमा कारोबार भएको थियो ।