खोलामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

 संवाददाता    २०८२, १७ श्रावण शुक्रबार १०:३७     175 जनाले पढ़िसके



Spread the love

कपिलवस्तुमा नुहाउन गएका दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ ।

बिहीबार साँझ कपिलवस्तु नगरपालिका-१० स्थित बिकुली खोलामा नुहाउने क्रममा बाणगंगा नगरपालिका-५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरीको मृत्यु भएको हो ।

 

खोलामा नुहाउने क्रममा बिहीबार साँझ उनीहरुको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा दुवै जनाको शव निकालिएको प्रहरी निरीक्षक जिसीले बताए । प्रहरी निरीक्षक जिसीका अनुसार मृतक दुवै किशोरको शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको छ ।