सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा एक युवतीको शव फेला;

 संवाददाता    २०८२, १५ श्रावण बुधबार १९:३२     668 जनाले पढ़िसके



Spread the love

सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा एक युवतीको शव फेला परेको छ ।

अन्दाजी २२ वर्षीया युवतीको शव आज दिउँसो फेला परेको हो । अहिलेसम्म उनको सनाखत हुन नसकेको सर्लाही प्रहरीले जनाएको छ ।

 

हरियो कुर्ता र निलो जिन्स पेन्ट लगाएकी युवती तराइमुलको देखिन्छन् ।

शव तालमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।