कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिताको कदम विधान विपरीत : रेशम चौधरी

 संवाददाता    २०८२, १५ श्रावण बुधबार १९:१६     194 जनाले पढ़िसके



Spread the love

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता श्रेष्ठको कदम पार्टी विधान विपरीत रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधान विपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको बताए ।

अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टीकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको उनले बताए । चौधरीले कार्यवाहक अध्यक्ष तोक्दा पनि केन्द्रीय समिति बोलाएर निर्णय गराउनुपर्नेमा त्यसो नगरेको जिकिर गरे ।

उनले कसका कारण पार्टीभित्र समस्या देखिएको हो भन्ने सबैलाई छर्लङ्ग नै रहेको बताए ।