८ घण्टासम्म मुखले सास दिएर नवजात शिशुको ज्यान जोगाएकी अनमी

 संवाददाता    २०८२, १४ श्रावण मंगलवार १६:१६     397 जनाले पढ़िसके



Spread the love

बैतडीकी २० वर्षीया अनमी जानकी पुजाराले निस्सासिएको अवस्थामा जन्मिएको एक नवजात शिशुको ज्यान मुखले सास दिई बचाउन सफल भएकी छन्।

सिगास गाउँपालिका अन्तर्गतको कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अनमी पुजाराले करिब ८ घण्टासम्म नवजातलाई मुखबाट सास दिँदै जीवनदान दिएकी हुन्।

स्वास्थ्य केन्द्रमा जीवनरक्षक उपकरणको अभाव थियो। त्यसमाथि गाउँमा यातायातको सुविधा समेत नहुँदा शिशुलाई सुविधासम्पन्न अस्पतालमा लैजान सकिएको थिएन। हेलिकप्टर पनि जान नमानेपछि विकल्प नभएको अवस्थामा अनमी पुजाराले मानवीयता र साहस देखाउँदै बच्चाको ज्यान बचाएकी हुन्।
‘उहाँले बच्चालाई बचाउन जुन समर्पण देखाउनुभयो, त्यो साँच्चै प्रेरणादायी छ,’ स्थानीय भूपी सरोबरले भने।