मुद्दति निक्षेपमा करिब ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्तावका लागि आह्वान

 संवाददाता    २०८२, १४ श्रावण मंगलवार १३:५६     227 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ९२ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

यसका लागि साउन १४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ३४ करोड ४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४३ करोड ८७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १४ करोड ६२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।

यो लगानी सन् २०२५ अगस्ट ११ देखि २०२६ अगस्ट ११ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।