राति खुकुरी लिएर महिलाको घरमा पुगे युवक, एकको हत्या, २ घाइते

 संवाददाता    २०८२, १४ श्रावण मंगलवार ११:३०     595 जनाले पढ़िसके



Spread the love

धनुषामा एक किशोरीको हत्या भएको छ । यस्तै दुई जना घाइते भएका छन् । ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिकास्थित सञ्चय कोष नजिकै ग १४ वर्षीया अञ्जलि यादवको मृत्यु भएको हो । यस्तै मृतककी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएकी प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राती ११ बजेतिर हो, तर प्रहरीलाई ढिलो सूचना आएको थियो । त्यसलगत्तै प्रहरीको टोली पुग्दा अभियुक्त फरार भइसकेको उनले जनाए ।

उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार खुकुरी प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

प्रहरीका अनुसार गएराति अभियुक्त खुकुरी बोकेर उनको घरमा पुगेका थिए । त्यही बेला उनीहरूबिच विवाद हुँदा साहले खुकुरी प्रहार गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

साह यसअघि पनि आफ्नो श्रीमतीको हत्या गरेको आरोपमा जेल बसेर रिहा भएको व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।