सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 संवाददाता    २०८२, १४ श्रावण मंगलवार ११:२४     300 जनाले पढ़िसके



Spread the love

मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो।

यअसघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ हजार २९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।