सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरा पुगेर होटलमा बसेका थिए

 संवाददाता    २०८२, १३ श्रावण सोमबार २१:१८     656 जनाले पढ़िसके



Spread the love

सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।

उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।

 

उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए । १५/१६ जना नै आएको भए पनि कति जना भन्ने यकिन गर्ने काम भइरहेको उनले बताए ।

यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले पनि उनीहरू पोखराको उक्त होटलमा आएर बसेको पुष्टि गरे ।

‘हो, उहाँहरू आएर बसेको भन्ने थाहा भयो । शनिबार आएर बसेको र आइतबार नै चेकआउट गरेर हिँडेको भन्ने सूचना प्राप्त भएको छ ।’

उनका अनुसार, थप बुझ्ने काम भइरहेको छ ।