‘फोहरमैलाको कर्मचारी हुँ’ भन्दै १३ लाखभन्दा बढी उठाउने युवक पक्राउ

 संवाददाता    २०८२, १३ श्रावण सोमबार २१:००     108 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ क्षेत्रबाट ‘फोहर मैलाको कर्मचारी हुँ’ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ–६ बसोबास गर्दै आएका २८ वर्षीय राजु लामा छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आइतबार साँझ ५ बजे प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले लामालाई नियन्त्रणमा लिएको हो।

पक्राउपछि अनुसन्धान गर्दा लामा काठमाडौँ महानगरपालिकाको कुनै पनि फोहोर मैला शाखामा कार्यरत नरहेको पुष्टि भएको छ।

लामाले महानगरका विभिन्न टोल–टोलमा गई आफू महानगरपालिकाको फोहोर सङ्कलन विभागको कर्मचारी भएको भन्दै घरधुरीहरूसँग पटक–पटक गरी हालसम्म रु. १३ लाख २५ हजार असुली गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।