सुनको मूल्य ११०० रुपैयाँ घट्यो

 संवाददाता    २०८२, १२ श्रावण आईतवार १२:२३     348 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ११०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको थियो । यस आधारमा चाँदी आइतबार तोलामा ५० रुपैयाँ घटेर कारोबार भएको छ ।