आज सिन्धुपाल्चोकसहित २७ जिल्लामा बाढीको ‘मध्यम’ जोखिम

 संवाददाता    २०८२, १२ श्रावण आईतवार ११:००     121 जनाले पढ़िसके



Spread the love

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ११, आइतबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले चाहिँ आज दोलखा, सिन्धुपाल्चोक, डोटी, अछाम, कालिकोट, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

साथै आज रामेछाप, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, कास्की, लमजुङ, पर्वत, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

महाशाखाले उल्लिखित २७ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।