भारतमा विद्यालयको छत भत्किँदा सात जनाकाे मृत्यु

 संवाददाता    २०८२, १० श्रावण शुक्रबार १६:४३     210 जनाले पढ़िसके



Spread the love

भारतको राजस्थानस्थित झालावाड जिल्लाको पिपलोदी गाउँमा शुक्रबार बिहान विद्यालयको छत भत्किँदा सात जनाकाे मृत्यु भएकाे छ ।

यहाँ एउटा सरकारी विद्यालयको भवनको छाना अचानक भत्किएको थियो । प्रार्थना सभा चलिरहेको बेला भएको यस घटनामा सात बालबालिकाको मृत्यु भएको छ । दुर्घटनापछि शिक्षामन्त्री मदन दिलावरले घटनाको उच्चस्तरीय अनुसन्धानको आदेश दिएका छन् ।

लामो समयदेखि विद्यालयको छाना जीर्ण हुँदै गएको थियो । निरन्तरको भारी वर्षापछि छत भत्किने सम्भावना बढेको थियो । तर यसबारे विद्यालयले खासै ध्यान दिएनन् ।

विद्यालयको लापरबाहीका कारण निर्दोष बालबालिकाले ज्यान गुमाए । गम्भीर घाइते भएका बालबालिकालाई झालावाड जिल्ला अस्पतालमा रिफर गरिएको छ ।

उद्धार टोलीसँग लागेर स्थानीयहरुले भग्नावशेष हटाउन मद्दत गरेका थिए । घटनामा सात कक्षाको छाना भत्किएको अनि उक्त कक्षामा करिब ३०–३५ विद्यार्थी रहेको बताइएको छ ।