भीमसेन थापा पुरस्कार भेषबहादुर थापालाई

 संवाददाता    २०८२, १० श्रावण शुक्रबार १५:४५     188 जनाले पढ़िसके



Spread the love

परराष्ट्रविद् डा.भेषबहादुर थापा राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

भीमसेन थापा स्मृति प्रतिष्ठान लगनले थापाको २५१ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भेषबहादुरलाई पुरस्कृत गरिएको हो ।

शुक्रबार आयोजित कार्यक्रममा थापालाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानसहित पुरस्कार प्रदान गरेका हुन् ।