किशोरीलाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बलरा घर भई महोत्तरीको बर्दीबासस्थित डीएनबी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय चिकित्सक डा. प्रवीण मिश्र
रहेका छन्।
महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार मिश्रलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो।
आफूलाई मिश्रले बलात्कार गरेको जानकारी किशोरीले अभिभावकलाई गराएपछि अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा बलात्कारसम्बन्धी किटानी जाहेरी दिएका थिए।
पक्राउ परेको मिश्रमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।