सिराहामा आफ्नै भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

 संवाददाता    २०८२, १० श्रावण शुक्रबार १०:५२     300 जनाले पढ़िसके



Spread the love

सिराहाको गोलबजारमा आफ्नै भाइले खुकुरी प्रहारबाट गर्दा दाइको मृत्यु भएको छ । गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाइ ३५ वर्षीय लेलहा भन्ने मोतीराम सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र कुमार पासवानले बताएका छन् ।

श्याम र उनकी श्रीमती कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण कुटपिट हुन थालेपछि छुट्याउन पुगेका मोतीराममाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर गोविन्द प्रसाद साहले जानकारी दिए ।

खुकुरी प्रहारबाट छातीमा गम्भीर घाउ लागेका मोतीरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइए पनि अस्पतालले मृत घोषणा गरेको छ ।

खुकुरी प्रहार गरी तत्काल जङ्गलतर्फ भागेका श्यामको रातिबाटै खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

शव पोस्ट मार्टमको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र कुमार पासवानले बताए ।

खुकुरी प्रहार गर्ने श्यामको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।