उज्यालो नेपाल महाअभियान लिएर अमेरिका उडे कुलमान

 संवाददाता    २०८२, १० श्रावण शुक्रबार १०:४५     151 जनाले पढ़िसके



Spread the love

उज्यालो नेपाल अभियान लिएर कुलमान घिसिङ अमेरिका उडेका छन् । केही समयअघि मात्रै मध्यपूर्वको भ्रमण सकेर नेपाल फर्किएका उनी सोही अभियान लिएर पश्चिमी देशको भ्रमणमा गएका हुन् ।

बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका उनले १५ दिन अमेरिका र त्यसपछि बेलायत, बेल्जियम तथा अन्य युरोपेली देशमा भ्रमण गर्ने कार्यतालिका छ । उनी भदौ १० गते नेपाल फर्किनेछन् ।

कुलमानको यो अभियानलाई उनको राजनीतिमा आउने तयारीको रुपमा हेरिएको छ ।