पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

 संवाददाता    २०८२, ९ श्रावण बिहीबार २०:२६     273 जनाले पढ़िसके



Spread the love

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् ।

शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए ।

 

ती नेताका अनुसार पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउनेगरी पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।

संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको थियो ।