उपेन्द्रको प्रश्न : भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो ?

 संवाददाता    २०८२, ९ श्रावण बिहीबार १६:५०     220 जनाले पढ़िसके



Spread the love

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेसको सिँचाइ र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले मधेस प्रदेशमा डिप बोरिङ र विद्युतीय सिँचाइ प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गरे । उनले मधेसको खानेपानीको समस्या विगत वर्षहरूमा समेत राख्दै आएको पनि सरकार गम्भीर नहुँदा सङ्कट उत्पन्न भएको बताए । उनले मधेसमा घट्दै गएको पानीको सतह कर्म गर्न तत्काल काम थाल्न पनि माग गरे ।

उनले भने,‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पन्न गरेको छ । अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी, वन विनाश गर्ने गरी कानुन पनि ल्याउँदै छ । यो कस्तो नीति हामी अंगाल्दैछाैँ ।’

उनले मधेस प्रदेशको सुक्खा क्षेत्रमा २४सै घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग समेत गरे । उनले चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्न समेत सरकारको ध्यानाकर्षण गराए ।