गीत, सङ्गीतले समाजलाई उन्नत बनाउँछ: उपप्रधानमन्त्री सिंह

 संवाददाता    २०८२, ९ श्रावण बिहीबार १५:०४     212 जनाले पढ़िसके



Spread the love

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, सङ्गीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा गीतकार देवी पराजुलीका गीतहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रतिभाशाली व्यक्तिहरूलाई आफूले सकेको मद्दत गर्दा उसको मनोबल माथि उठाउन मद्दत पुग्ने बताए ।

उनले आफू सङ्गीत प्रेमी भएको बताउँदै समाजमा भएका कुरालाई यथार्थ रूपमा गीत सङ्गीतका माध्यमबाट उतारेर हृदयस्पर्शी बनाउनुपर्ने बताए । गीत, सङ्गीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

उपप्रधानमन्त्री सिंहले संविधानमा भएका कुराहरूलाई कार्यान्वयन गराउन सबैको पहल जरुरी रहेको बताए ।