फिल्म निर्देशन गर्दै पाँडे

 संवाददाता    २०८२, ९ श्रावण बिहीबार १४:५७     204 जनाले पढ़िसके



Spread the love

सानो पर्दाको सिरियल ‘सक्कीगोनी’ का पाँडेको चरित्रबाट चर्चित भएका कलाकार अर्जुन घिमिरेले फिल्म निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘झरी पछिको इन्द्रेणी’ राखिएको छ । जुन चलचित्र विकास बोर्ड दर्ता समेत भएको छ ।

घिमिरेले केही अघि जेपिटी क्रिएसन मार्फत ‘लाज शरणम्’ निर्माण गरेका थिए । घिमिरेको निर्देशनम रहने फिल्म अहिले लेखन कार्यमा छ । सुशील कडरियाले निर्माण गर्न लागेको फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् ।

फिल्म पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको कलाकार र विषयवस्तु केही पछि जानकारी गराउने घिमिरेको योजना छ ।