अवैध लागूऔषधसहित एक महिला पक्राउ

 संवाददाता    २०८२, ९ श्रावण बिहीबार ११:२५     127 जनाले पढ़िसके



Spread the love

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८ बबलाबाट एक महिलालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ ।

सोही स्थान बस्ने ४५ वर्षीय देवकुमारी थापामगरलाई बुधबार ३० केजी ३६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेकी मगरले आफ्नै घरमा भण्डारण गरी राखेको उक्त प्रतिबन्धित लागू औषध गाँजा बरामद गरी निजलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।