सप्तरीमा शङ्कास्पद अवस्थामा दुई पुरुषको शव फेला

 संवाददाता    २०८२, ९ श्रावण बिहीबार ११:०२     181 जनाले पढ़िसके



Spread the love

सप्तरीमा दुई पुरुषको शव फेला परेको छ। राजगढ गाउँपालिकामा शङ्कास्पद अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिका वडा नम्बर ३ र ५ मा दुई जनाको शव फेला परेको हो।

राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलको धानखेतमा करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरि राजगाढ गाउँपालिका–३ मा मा पनि एक युवकको शव फेला परेको छ। उक्त शव सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादवको रहेको प्रहरीले जनाएको छ।

यादव झुन्डिएको अवस्थामा मृत फेला हुन्। यादवको शव ससुरालीमा झुन्डिएको अवस्थामा फेला परेको हो। शङ्कास्पद अवस्थामा भेटिएको यादवको शव परीक्षणका लागि धरान पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।