नायवमहान्यायाधिवक्ताद्वारा अवकाशअघि नै राजीनामा

 संवाददाता    २०८२, ८ श्रावण बुधबार १२:२९     218 जनाले पढ़िसके



Spread the love

नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेका थिए ।