रूकुमपूर्वमा जंगली च्याउ खाँदा दिदीभाइको मृत्यु

 संवाददाता    २०८२, ८ श्रावण बुधबार ११:३४     239 जनाले पढ़िसके



Spread the love

रूकुमपूर्वमा जङ्गली च्याउकाे तरकारी खाँदा दिदी भाइको मृत्यु भएको छ भने अरु दुईजना गम्भीर बिरामी परेका छन्। ​

भूमे गाउँपालिका–५ सेराबाङमा निवासी राजकुमारी विकका ३ वर्षीय छाेरा योजन विक र ७ वर्षिया छाेरी भाग्यरेखा विकको विषालु च्याउकाे तरकारी खाँदा मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर बिरामी भएका योजनको सल्यान जिल्ला अस्पतालमा र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएकाे हाे।

च्याउकाे तरकारी खाँदा उनीहरुकी आमा ३५ वर्षीया राजकुमारी विक र राजकुमारीकी अर्की छाेरी ९ वर्षीया आयुषा विक गम्भीर बिरामी परेका छन्।

आयुषााकाे भेरी अस्पताल नेपालगञ्जमा र राजकुमारीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साउन २ गते राति जंगलबाट ल्याएकाे च्याउकाे तरकारी खाएका उनीहरु बिरामी परेपछि तीन गते उपचारका लागि अस्पताल लगिएको थियो।

उपचारमा ढिलाइ हुँदा दुई बालबालिकाकाे मृत्यु भएकाे हाे। रुकुम पश्चिम घर भएकी राजकुमारी श्रीमानसँग मनमुटाव भएपछि एक वर्षदेखि छोराछोरीसहित माइतीमा बस्दै आएकाे खुलेकाे छ।