चन्द्रपुरमा पुरुषको शव फेला

 संवाददाता    २०८२, ८ श्रावण बुधबार ११:१०     129 जनाले पढ़िसके



Spread the love

रौतहटको चन्द्रपुर नगरपालिका–४, टेकान टोलमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

आज बिहान करिब ६:३० बजे उक्त टोलमा अन्दाजी ४० वर्ष उमेरको पुरुष मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार मृतकको नाम, थर र वतन हालसम्म नखुलेको र उनको शरीरमा कुनै पनि परिचय खुल्ने कागजात फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।शवको प्रारम्भिक अवस्था हेर्दा मृतक केही दिनदेखि त्यहाँ रहेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।