बैंकिङ कसुर मुद्दाका फरार आरोपीलाई प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका–२ स्थित शान्तिनगर चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर–४ घर भएर नागार्जुन बस्दै आएका कृष्ण कुमार श्रेष्ठ छन् ।
३७ वर्षीय श्रेष्ठलाई मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनी विरुद्ध काठमाडौँ अदालतबाट २०८१ माघ १५ मा पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएपछि उनी फरार थिए ।
आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत्त सिंहदरबारमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।