आकाशियो सुनचाँदीकै मूल्य

 संवाददाता    २०८२, ७ श्रावण मंगलवार ११:३५     251 जनाले पढ़िसके



Spread the love

ज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार आठसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेर सुन आज तोलाको एक लाख ९५ हजार पाँचसय रुपैयाँमा किनबेच भइरहेको छ। सुनको मूल्य हिजो तोलाको एक लाख ९३ हजार सातसय रुपैयाँ थियो।

सुनको मूल्य हिजो तोलमा चारसय रुपैयाँ बढेको थियो भने आइतबार आठसय रुपैयाँ बढेको थियो।

गएको बिहीबार प्रतितोला तीनसय र शुक्रबार दुईसय रुपैयाँ बढेको थियो। गएकाे बिहीबारदेखि सुनकाे मूल्य लगातार बढ्दै आएकाे छ।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयँ बढेर दुई हजार दुईसय तीनसय २० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।