देशका ५ वटा सडक पूर्णरूपमा अवरुद्ध

 संवाददाता    २०८२, ७ श्रावण मंगलवार १०:५६     184 जनाले पढ़िसके



Spread the love

बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ।

बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ।

त्यसैगरि काठमाडौँको काठमाडौँ-नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन्।

अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ।

यी हुन् अवरुद्ध अवस्थाका र एकतर्फी चलेका सडक