फेरि बढ्यो अन्डाको भाउ, क्रेटको कति ?

 संवाददाता    २०८२, ६ श्रावण सोमबार १७:३३     375 जनाले पढ़िसके



Spread the love

१० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो ।

२८ असारमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट १५ रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ ।

 

मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ तोकिएको छ ।

संघका अनुसार २८ असारमा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय १० रुपैयाँ थियो भने मिडियम अन्डाको भाउ क्रेटको ४ सय ८० रुपैयाँ थियो ।

संघका सचिव मदन पोखरेलले अहिले अन्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए ।