एमाले बैठक : ओलीले गरे मौखिक ब्रिफिङ, पौडेल र पोखरेलका दुई प्रतिवेदन पेश

 संवाददाता    २०८२, ६ श्रावण सोमबार १५:५१     264 जनाले पढ़िसके



Spread the love

सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश भएको छ ।

आजबाट सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका हुन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका हुन् ।

 

पार्टीका पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा उनले माओवादी केन्द्रसँग एकता गरेयता कम्युनिष्ट आन्दोलनमा देखा परेको समस्या, माधव नेपाल–झलनाथ खनाल लगायतका नेताहरूले दिएको धोका लगायतका विषयमा ब्रिफिङ गरेका हुन् ।

अहिले खाजा ब्रेक चलेको छ । खाजा ब्रेकपछि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।

पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीलाई समेत प्रवेश दिइएको छैन ।

अहिले सञ्चारकर्मीहरू गेटबाहिरै कुरिरहेका छन् ।