नेपाल प्रहरीको डीएसपीमा १३ जना बढुवा सिफारिस

 संवाददाता    २०८२, ६ श्रावण सोमबार १४:२४     314 जनाले पढ़िसके



Spread the love

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि १३ जनाको नाम सिफारिस भएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूबाट १३ जनालाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार इन्स्पेक्टरहरू वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल डिएसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

518931389_626823256592619_8446240035233517293_n520285489_2001699143968422_4997263883368497794_n