ओलीलाई भीम रावलको कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?

 संवाददाता    २०८२, ६ श्रावण सोमबार ११:१०     276 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने तर्कबारे पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन् ।

केही समयदेखि एमाले छाडेर मातृभूमि जागरण अभियान चलाइरहेका रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरेका छन् ।

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, रावलले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?’

519568572_1956642848408279_6184725633381721987_n