ओली र भण्डारीबिचको छलफलबाट सुखद समाचार सुन्न पाउँछौँ : कर्ण थापा

 संवाददाता    २०८२, ५ श्रावण आईतवार १८:५८     211 जनाले पढ़िसके



Spread the love

नेकपा एमाले नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिचको छलफल सकारात्मक हुने बताएका छन् ।

ओली र भण्डारीबिचको छलफलका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भेटपछि सकारात्मक र सुखद समाचार सुन्न पाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले अहिले पार्टीभित्र धेरै विवाद छ र समाधान नै हुन सक्दैन झैँ प्रचार गरिएको भन्दै त्यस्तो अवस्था नरहेको बताए । उनले भने, ‘पार्टीभित्र जुन प्रकारको विवाद र द्वन्द्व छ, यो समाधान नहुने ठाउँमा पुगेको छ भन्ने चर्चा र परिचर्चा भएको छ । त्यस प्रकारको हो भन्ने मलाई लाग्दैन । पोलिटब्युरोको बैठक र सचिवालयको बैठकमा पनि धेरै कमरेडहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गर्ने की नगर्ने भन्नेबारेमा दुई जनाको बिचमा सघन रूपमा छलफल भएर सहज निकास निकाल्नुस् भन्ने सुझाव दिएअनुरूप आज भेट भएको हो । सकारात्मक र सुखद समाचार सुन्न पाउनेछौँ ।’

पूर्वराष्ट्रपति भण्डारीले पहिला नै पार्टी सदस्यता नवीकरण गरिसकेको उनको भनाई छ ।