शान्ति प्रक्रिया टुङ्ग्याउन राजनीतिक दलहरूले खेलेको भूमिका असाधारण : महेश बर्तौला

 संवाददाता    २०८२, ५ श्रावण आईतवार १८:५४     248 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन् ।

आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै बर्तौलाले सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

उनले भने, ‘नेपालको द्वन्द्वलाई व्यवस्थापन गर्न र शान्ति प्रक्रियालाई व्यवस्थापन गर्नको लागि राजनीतिक दलहरूले गरेको साझा पहल, प्रयत्न र भूमिका असाधारण छ । यसले हजारौँ द्वन्द्वपीडितहरूलाई न्यायको सुनिश्चितता गरेको छ । पीडकहरूलाई कानुनी दायरामा ल्याउने कुराको पनि सुनिश्चितता गरेको छ । अहिले विश्वका धेरै देशहरूले त्यहाँको द्वन्द्व व्यवस्थापन गर्दै शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि धेरै कसरतहरू गर्नुपरेको अवस्थामा हामीले गरेको कामको विषय प्रतिवेदनमार्फत विश्व मञ्चमा लैजानुपर्छ ।’

नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढाएको अनुभवलाई अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत गर्नुपर्ने उनको मत छ ।