धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु

 संवाददाता    २०८२, ५ श्रावण आईतवार १६:०१     162 जनाले पढ़िसके



Spread the love

धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–६ सिर्सिया बस्ने २८ वर्षीया रंजितादेवी यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।