पटनामा अस्पतालभित्रै पसेर गोली हानी कैदीको हत्यापछि सुरक्षा दिन नसकेको भनी ५ प्रहरी निलम्बन

 संवाददाता    २०८२, ५ श्रावण आईतवार १०:४६     773 जनाले पढ़िसके



Spread the love

भारतीय राज्य बिहारको राजधानी पटनास्थित पारस अस्पतालभित्रै घुसेर कैदीको हत्या भएपछि ५ प्रहरीलाई निलम्बन गरिएको छ।

बिहीबार अस्पतालमा उपचार गराइरहेका बेला कैदी चन्दन मिश्रालाई पाँच जनाको समूहले गोली हानी मारेका थिए।

यसरी अस्पतालभित्र रहेको कैदीलाई सुरक्षा दिन नसकेको भनी शनिबार ५ जना प्रहरीलाई निलम्बन गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

बिहीबार पाँच जनाले अस्पतालको एउटा कोठामा पेस्तोल लिएर गई चन्दन मिश्रालाई गोली हानेर आरामसँग भागेका थिए।

कैदी मिश्रा मूल रूपमा बिहारस्थित बक्सरका बासिन्दा हुन्।

अस्पतालमा भएको घटनाको सीसीटीभी फुटेजमा गोली हान्नेहरूले मास्क लगाएको देखिन्न।

उनीहरू कम्मरबाट पेस्तोल निकाल्छन् र अस्पतालको कोठामा प्रवेश गरी गोली हानेर बिनाहतार र डर बाहिर निस्कन्छन्।