म आन्दोलनको नेता हुँ, आवश्यक परे फेरि होमिन तयार छु : वामदेव गौतम

 संवाददाता    २०८२, ३ श्रावण शुक्रबार १६:२३     181 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले आवश्यक परे फेरि आन्दोलनमा होमिन तयार भएको बताएका छन् ।

शुक्रबार एकीकृत समाजवादीसँगको एकता सभा घोषणमा गौतमले आफू आन्दोलनबाट आएको नेता भएकाले फेरि आन्दोलन गर्न तयार भएको बताएका हुन् ।

‘आवश्यक परे यी हात अहिले पनि हतियारका रूपमा प्रयोग गर्छु । म आन्दोलनको व्यक्ति हुँ । आन्दोलनको नेता हुँ । मैले गरेको आन्दोलन अहिलेसम्म असफल भएको छैन, सफल मात्र भएको छ । हामी नेपाली जनतालाई मालिक बनाएर छाड्ने छौँ’, उनले भने, ‘प्रतिक्रियावादीले अनेकौँ घृणित चाल चालेका छन् । तर केही गर्न सक्दैनन् । तिनीहरूलाई तह लगाउने क्षमता अब हामीसँग हुन्छ । समाजवाद उन्मुख भन्दै जनतालाई ढाँट्नेलाई कि त हामीसँगै हुनेछ कित पछाडि धकेलिने छ ।’