आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय

 संवाददाता    २०८२, ३ श्रावण शुक्रबार १४:३४     215 जनाले पढ़िसके



Spread the love

महान्यायाधिवक्ताको कार्यालयले नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई इँटा भट्टामा मानिसहरूलाई जिउँदै जलाएर मारेको मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने निर्णय गरेको छ ।

उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले केही समय अघि गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको उपन्यायाधीवक्ता पुष्पराज बास्तोलाले जानकारी दिए ।

‘पुनरावेदन गर्ने निर्णय भैसकेको छ । निवेदन दर्ता गर्ने क्रममा छ’, बास्तोलाले भने । आलमको पक्षमा फैसला गर्ने उच्च अदालतका न्यायाधीश थारु र महर्जनलाई न्यायपरिषदले सर्वोच्चमा तानेर छानबिन गरिरहेको छ ।