ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने

 संवाददाता    २०८२, ३ श्रावण शुक्रबार १४:११     258 जनाले पढ़िसके



Spread the love

यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड राप्रपाका नेता ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।

यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहमा प्रदान गरिनेछ। ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आआफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ।

न्युयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने आयोजकको छ।