वैदेशिक रोजगार : एक वर्षमा १२३० श्रमिकको शव नेपाल ल्याइयो

 संवाददाता    २०८२, ३ श्रावण शुक्रबार १२:३५     161 जनाले पढ़िसके



Spread the love

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले एक वर्षमा विदेशमा अलपत्र ७० शव नेपालमा ल्याएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न देशमा मृत्यु भएका वैदेशिक रोजगारीमा जानेहरूको अलपत्र शव नेपालमा ल्याइएको हो ।

अलपत्र बाहेक १ हजार १६० शवको ढुवानी गरेर नेपाल ल्याएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार बोर्डले गत वर्षमा एक जना श्रमिकको विदेशबाट उद्धार गरेको छ ।