मन्त्री अधिकारीद्वारा तथ्यलाई बंग्याएर चरित्र हत्या गर्ने उद्देश्यले गलत प्रचार गरेको दाबी

 संवाददाता    २०८२, २ श्रावण बिहीबार १६:०८     208 जनाले पढ़िसके



Spread the love

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमिमन्त्री बलराम अधिकारीले तथ्यलाई बंग्याएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले स्वार्थ समूहले गलत प्रचार गरेको दाबी गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ३२ लाख घुस लिएको दाबीसहितको अडिओबारे प्रष्टीकरण दिए।

अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको पनि जिकिर गरे। उनले सञ्चारकर्मीहरुलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रित भएर सोधेर लेख्न आग्रह गरे।

उनले भने, ‘मेरो नाम र परिवारसँग मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गर्दैछन्। मेरो आवाज मैले मागेको कुरा भनेको कुरा गर्दिन्छु भन्ने कुरा फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु।’