पत्रकार सम्मेलन गर्दै ३२ लाख घुस बुझेका भूमि मन्त्री अधिकारी

 संवाददाता    २०८२, २ श्रावण बिहीबार १३:४६     383 जनाले पढ़िसके



Spread the love

३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको अडियो कुराकानी सार्वजनिक भएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले आज (बिहीबार) दिउँसो पत्रकार सम्मलेन गर्दै छन्।

उनले आफ्नो नाम जोडिएको अडियो काण्डका विषयमा दिउँसो ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने भएका हुन्।

सार्वजनिक अडियो कुराकानीमा मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्न ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको छ।

एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष नियुक्त गर्ने र मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्ने भूमाफियाको योजनाअन्तर्गत भएको कुराकानी अडियोमा छ।