बिहीबार सेयर बजार खुलेको पहिलो एक घण्टामै ४७ अंक बढेको छ । सो वृद्धिपछि २८४२ अंकमा कायम भएको छ । २२७ कम्पनीको मूल्य बढेको छ भने २१ को घटेको छ ।
१२ बजेसम्म ४ अर्ब ४० करोडको कारोबार भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढेको छ । होटल तथा पर्यटन, लगानी समूह पनि २ प्रतिशतभन्दा धेरै बढेका छन् ।
हालै सूचीकृत भएको ट्रेड टावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । सो कम्पनीको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ कायम भएको छ । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।
१२ बजेसम्म रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, राधि विद्युत्, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर तथा साहस ऊर्जा कम्पनी क्रमशः अगाडि छन् ।