महिला फुटबल टोलीकी कप्तान ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध

 संवाददाता    २०८२, २ श्रावण बिहीबार ११:१८     258 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन्।

साम्बा सन् २०२५-२६ सिजनका लागि अष्ट्रेलियाको ‘ए’ लिग खेल्ने क्लब वेलिंगटनमा अनुबन्ध भएकी हुन्।

वेलिंगटन न्युजिल्याण्डको क्लब भए पनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ।

साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पमा २ सिजन बिताएकी थिइन्। फ्रान्सअघि साम्बाले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गरेकी थिइन्।