केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउन चीन सरकारलाई अनुरोध

 संवाददाता    २०८२, २ श्रावण बिहीबार १०:५९     215 जनाले पढ़िसके



Spread the love

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अलपत्र १ हजार २०० नेपालीलाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको बताएका छन्।

केरुङमा रहेका नेपालीलाई अहिले खाने, बस्ने व्यवस्था चिनियाँ पक्षले नै गरिरहेको छ।

अलपत्र परेकामा मालवाहक सवारीसाधनका चालक तथा सहचालक गरी ९१ जना छन्।

कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका छन्।