२४ दिन बिते, कोठाभित्र ताल्चा लगाएर हत्या गरिएकी युवतीको हत्यारा पत्ता लगाउन प्रहरी असफल

 संवाददाता    २०८२, २ श्रावण बिहीबार १०:१६     198 जनाले पढ़िसके



Spread the love

धनगढीमा २४ दिन बिते पनि कोठाभित्र ताल्चा लगाएर हत्या गरिएकी युवतीको हत्यारा पत्ता लगाउन प्रहरी असफल देखिएको छ।

गत असार ९ गते धनगढी–उपमहानगरपालिका–२ बैयाबेहडीमा कोठाभित्र ताल्चा लगाएको अवस्थामा एक युवती मृत फेला परेकी थिइन्। हत्या गरिएकी युवती थिइन्, ३० वर्षीया रेणु चौधरी।

उनको स्थायी घर कञ्चनपुरको पुनरवास नगरपालिका–१० अमरवस्ती हो। धनगढीमा उनी खानेपानी संस्थान कार्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी थिइन्। घरबेटीले कोठाबाट गन्ध आएपछि झ्यालबाट हेर्दा उनको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना घटेको केहि दिनपछि रेणुका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए।

घटना घटेको २४ दिन बिते पनि प्रहरीले भने उनको हत्यामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार घटनाबारे अनुसन्धान जारी छ। अहिलेसम्म हत्यामा संलग्नलाई पक्राउ गर्न सकिएको छैन।

‘पहिला मान्छे पत्ता लगाएर पक्राउ पर्नु पर्‍यो, हामीहरू अनुसन्धानमै छौँ, हत्यामा संलग्न भएकाहरूको खोजतलास भइरहेको छ’ डीएसपी सिंहले भने।